arrow

शनिदेवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०८० वैशाख २ गते शनिबार, इस्वीसंवत अप्रिल १५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको दशमी तिथि राशिमा ७ः३७ मिनेटसम्म त्यसपश्चात् एकादशी तिथि लाग्नेछ । नक्षत्रमा श्रवण बिहानमा ६ः३९ बजेसम्म त्यसश्चात् शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ० घटि ५७ पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ ।

करणमा वणिज १ घटि ५० पलासम्म त्यसपछि बब करण लाग्नेछ । आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा साँझमा ५ बजेर ४९ मिनेटसम्म त्यसपश्चात् कुम्भ राशिमा प्रवेश गर्नेछन् । दिनमान ३१ घटि ५५ पला अर्थात १२ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः४२ बजे यम मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः२८ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा २ः३४ बजे हुनेछ भने चन्द्रअस्त भोलि दिउसो १ः२७ बजे हुनेछ ।

आजको राशिफल 

मेष : आज चन्द्रमाको गोचर मेष राशिबाट दशौँ स्थानमा रहने भएकाले राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ ।व्यापार व्यवसाय फस्टाउन सक्छ। अध्ययनको क्षेत्रमा राम्रो राम्रो प्रगति हुनेछ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ भने परिवारको साथमा रमाइलो घुमघामको वातावरण बन्न सक्छन्।

वृष : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहने भएकाले सामाजिक तथा परोपकारी काममा मन जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिन्छ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ। विद्याको स्थान पनि राम्रो रहनेछ।

मिथुन : आज चन्द्रमाको गोचर मिथुन राशिबाट आठौँ स्थानमा रहेकाले स्वास्थ्य कमजोर रहन सक्छ र पेटमा केहि गडबडी हुन सक्छ। सवारी साधन चलाउँदा ध्यान दिनुपर्छ। अनावश्यक वादविवाद नगर्दा राम्रो हुन्छ। प्रेम जीवनमा सामान्य असमझदारी आउन सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिनुपर्ने समय छ।

कर्कट : आज तपाईंको राशिबाट सातौँ स्थानमा चन्द्रमा गोचर रहेकाले प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ ।

सिंह : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहसको काम गरेर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा राम्रो लाभ मिल्न सक्छ ।

कन्या : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।

तुला : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथौं स्थानमा रहेकाले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ ।

धनु : आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो स्थानमा रहेकाले आर्थिक क्षेत्रहरु सामान्य रहन सक्छन्।आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन अध्यापनको क्षेत्र सामान्य रहन सक्छ। बोलीले काम बिगार्न सक्ने भएकाले बोल्दा विचार पूर्याउनुहोला।

मकर : आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ : आज चन्द्रमा गोचर तपाईंको राशिबाट बाह्रौँ स्थानमा रहेकाले स्वास्थ्य तथा मनोरन्जनको क्षेत्रबाट खर्च हुन सक्छ । विश्वास गरेकाहरुबाट धोका हुन सक्छ। काममा बाधा रोकावट आउन सक्छ। साथीभाईबाट उचित सहयोग नमिल्न सक्छ। विद्यार्थीको पढाईमा मन नजान सक्छ।

मीन : आज चन्द्रमा गोचर तपाईंको राशिबाट एघारौँ स्थानमा रहेकाले आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेम तथा पारिवारिक जीवन सुखी रहनेछ । परिवारका साथ रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग रहेको छ । लगानी गरेको ठाउँबाट राम्रो प्रतिफल मिल्न सक्नेछ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ।

साइतः सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः४३ बजेदेखि      ०७ः१८ बजेसम्म     काल बेला
बिहान ०७ः१८ बजेदेखि      ०८ः५३ बजेसम्म     शुभ बेला
बिहान ०८ः५३ बजेदेखि      १०ः२९ बजेसम्म     रोग बेला
बिहान १०ः२९ बजेदेखि       १२ः०४ बजेसम्म    उद्धेग बेला
दिनमा १२ः०४ बजेदेखि       १ः४० बजेसम्म     चर बेला
दिनमा १ः४० बजेदेखि        ३ः१५ बजेसम्म     लाभ बेला
दिनमा ३ः१५ बजेदेखि        ४ः५१ बजेसम्म     अमृत बेला
साँझ ४ः५१ बजेदेखि        ६ः२३ बजेसम्म      काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ