arrow

पाँच वर्षे छोरासहित महिला वेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
missing-women-2079.jpg

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा बस्दै आएकी इलामकी एक महिला पाँच वर्षीय छोरासहित वेपत्ता भएकी छिन् ।

इलामको देउमाइ नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाइ–६ माइत भएकी ४० वर्षीया निर्मला (निरु) ढकाल सुवेदी चैत्र २३ गतेदेखि वेपत्ता भएको भाइ संजिव ढकालले जानकारी दिए ।

निर्मलासँगै पाँच वर्षीय छोरा चेन्ज सुवेदी पनि सँगै वेपत्ता छन् । उनीहरु श्रीमान् चेतमणि सुवेदीसहित इमाडोलको कृष्ण मन्दिर पछाडिको टोलमा बस्दै आएका थिए ।

‘दिदी चैत्र २३ गते साथीकोमा जान्छु भनी निस्कनु भएछ । अहिले सम्पर्कविहीन हुनुहुन्छ । मोबाइल पनि बोक्नुभएको छैन । कपडा पनि एकसरो मात्र लगाएर हिड्नुभएको रहेछ । हामी खोजतलासमा छौं । कसैले देख्नुभए खबर गरिदिनुहुन अनुरोध गर्दछौं,’ भाई संजिवले भने ।

परिवारका सदस्यहरुले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन् । 

आफन्त तथा परिवारले मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ