arrow

भारतमा उत्कर्षमा पुग्दै कोरोना, ११ हजार संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । 

हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ