arrow

जात र धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि नेपालमा विविधता छ – राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
intra-national-welfare-ramchandra-poudel.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताएका छन् । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताए । 

राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँंदै यी सबैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गरे । 

राष्ट्रपति पौडेलले नेपालीहरुको विश्वका कुना कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा्–नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गरे । नेपालको संस्कृति विश्व सामू चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो । 

फाउण्डेशनले आफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ । गायनतर्फ १ सय २० जना र नृत्यतर्फ १ सय २० जना कलाकार सहभागी रहेको फाउण्डेशनले जनाएको छ । 
 



नयाँ