arrow

तनहुँको समृद्धिका लागि भट्टराईलाई मत दिन गठबन्धनको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
govinda-bhattarai.jpg
तस्बिर – फाइल ।

दमौली । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन वाम लोकतान्त्रिक गठबन्धनले अपील गरेको छ । गठबन्धनमा आबद्ध दलहरूको बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व विकास दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनुको विकल्प नभएको बताएको छ ।

नेपाली कांग्रेसका सभापति जितप्रकाश आले, नेकपा माओवादी केन्द्रका ओमराज आले , नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरूङ द्वारा संयुक्त रूपमा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने बताए । 

‘सात दशक भन्दा लामो नेपाली जनताको संघर्ष र बलिदानले स्थापित भएको बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा , स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् संक्रमणकालिन न्याय लगायत पूरा गर्न भट्टराईलाई मत दिएर जिताउन अपील गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको समृद्धिको लागि वर्तमान वाम लोकतान्त्रिक गठवन्धन दलहरू एक आपसमा राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न एकता भएर अगाडि बढ्ने केन्द्रीय नीतिअनुसार बैशाख १० गतेको निर्वाचनको लागि गोविन्द भट्टराईलाई लिएर आएका छौँ ।’

‘लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएको, विद्यार्थी आन्दोलनले खारिएको एक सशक्त योद्धा भट्टराई भएकाले उनलाई विजयी गराउन अनुरोध गर्दछौं’, गठबन्धनले अपीलमा भनेको छ ।

बजारमा विभिन्न हल्ला र अफवाह भइरहेको बेला गठबन्धनले संयुक्त विज्ञप्ति मार्फत क्षणिक आवेग, लोभ र प्रलोभनमा परेर होइन यथार्थ धरातलमा उभिएर तनहुँ जिल्लाको विकास र समृद्धिका लागि गोविन्द भट्टराईलाई मतदान गरि विजयी गराउन आब्हान गरेसँगै भट्टराईलाई चुनावमा सहज ठानिएको छ ।

गठबन्धन नेताहरुको सक्रियता
हाल गठबन्धनका नेताहरु भट्टराईलाई विजयी गराउन स्थानीयस्तरमा सक्रिय भएर लागेका छन् । माओवादी केन्दका नेता हरिबहादुर चुमानदेखि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ तथा प्रतापलाल श्रेष्ठसम्म सक्रिय भएर लागेका छन् । 

स्थानीय कमिटी परिचालनका लागि माओवादी केन्द्र महासचिव देव गुरुङ पनि तनहुँ आउँदैछन् । यस क्षेत्रबाट यसअघि विजयी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ पनि चुनावी माहोल बनाउन दमौली आउने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ