arrow

सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० वैशाख ३ गते आइतबार, इस्वीसंवत अप्रिल १६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको एकादशी तिथि साँझमा ५ः१४ मिनेटसम्म त्यसपश्चात् द्वादशी तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा रातिमा ३ः२६ बजेसम्म त्यसश्चात् पूर्वाभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुक्ल ४५ घटि ५ पलासम्म त्यसपछि ब्रह्म योग लाग्नेछ ।

करणमा बब १ घटि ५० पलासम्म त्यसपछि गर करण लाग्नेछ । आनन्दादि योगमा रक्ष रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा अहोरात्र रहनेछ । दिनमान ३१ घटि ५८ पला अर्थात १२ घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः४१ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः२८ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ३ः१६ बजे हुनेछ भने चन्द्रअस्त भोलि दिउसो २ः३४ बजे हुनेछ । आज बरुथिनी एकादशी व्रत गर्ने दिन रहेको छ । 

आजको राशिफल

मेष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृष : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ ।

मिथुन : आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म पश्चिम दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ । आज देवी माताको श्रद्धाभक्तिमा लाग्नुभएमा भने नसोचेको सफलता मिल्न सक्नेछ । 

कर्कट : आज समय भरपर्दो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चिम दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन । परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला ।

सिंह : आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज बिहानै उठेर भगवान शिवको ॐ नमः शिवाय मन्त्र जप गर्दा अत्यन्तै शुभ फल प्राप्त हुनेछ । 

कन्या : आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ ।

तुला : आज समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आश मारेको कामले उत्साह जगाउनेछ ।

वृश्चिक : आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ ।

धनु : आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पूर्व दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ । तर आज आफन्तसँग आर्थिक कारोबार र छोराछोरीलाई पैसा दिने काम नगर्नुहोला । 

मकर : आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

कुम्भ : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा-समारोहमा सहभागी बन्ने मौका छ ।

मीन : आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यात्रामा समेत झमेला हुन सक्नेछ । लामो समयदेखिको पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आज कसैसंग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ । समय अत्यन्त खराब रहने भएकाले सबै कार्यमा सतर्क हुन आवश्यक छ । आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ ।

साइतः सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः४३ बजेदेखि      ०७ः१८ बजेसम्म     उद्धेग बेला
बिहान ०७ः१८ बजेदेखि      ०८ः५३ बजेसम्म     चर बेला
बिहान ०८ः५३ बजेदेखि      १०ः२९ बजेसम्म     लाभ बेला
बिहान १०ः२९ बजेदेखि       १२ः०४ बजेसम्म    अमृत बेला
दिनमा १२ः०४ बजेदेखि       १ः४० बजेसम्म     काल बेला
दिनमा १ः४० बजेदेखि        ३ः१५ बजेसम्म     शुभ बेला
दिनमा ३ः१५ बजेदेखि        ४ः५१ बजेसम्म     रोग बेला
साँझ ४ः५१ बजेदेखि        ६ः२३ बजेसम्म      उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ