arrow

कोरोनाका ९९ संक्रमित थपिए, उपत्यकामा अस्पताल जाने बढे  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
corona-vaccine-bir-hospital.jpg
तस्बिर – वीर अस्पतालमा कोरोना विरुद्धको खोप लगाउँदै ।

काठमाडौं । कोरोना भाइरसका ९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६४ पीसीआर परीक्षणबाट ५० जना तथा १ हजार २४० जनाको एन्टिजेन परीक्षणबाट ४९ संक्रमित पाइएका हुन् । 

५० जना संक्रमणमुक्त भएका छन् । १२ हजार ५८७ जनाले खोप लगाएका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जनाको पनि ज्यान नगएको जनाएको छ । 

तर उपत्यका बाहिर ज्यान गुमाएकाको तथ्याङ्क सार्वजनिक गरेको छैन । अहिले सक्रिय संक्रमित ३७७ जना रहेका छनु् । यो संख्या पीसीआर परीक्षणबाट मात्रै हो । 

यो संख्या पनि कहाँको कति भन्ने मन्त्रालयले खोलेको छैन । जबकि सुदूरपश्चिममा मात्रै २२३ सक्रिय संक्रमित रहेका छन् भने एक जनाको ज्यान गएको छ । 

उपत्यकामा ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा ११ जना तथा भेन्टिलेटरमा ४ जना रहेको मन्त्रालयले जनाएको छ । 

खोप लगाउने क्रम चलिरहेको भए पनि उत्साहजनक भने छैन । अस्पतालमासमेत मास्क बिना नै घुमिरहेका धेरै भेटिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ