arrow

परराष्ट्रमन्त्रीसँग भारतीय राजदूतको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
shree-bastab-saud.JPG

काठमाडौं ।  नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आइतबार भएको भेटवार्तामा उनहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मन्त्री साउदले आइतबारै मात्र नियुक्त भई पदभार सम्हालेका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ