arrow

तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले आफैँलाई हाने गोली

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
apf-tulsipur.JPG

दाङ । दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारले आफैँले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

स्थायी घर तुलसीपुर वडा नं ८ टिकरी भएका सशस्त्र प्रहरी सहायक हवलदार ३५ वर्षीय वसन्त केसीले गए राति पौने ९ बजेतिर आफैँले आफैँलाई गोली हानेका हुन् ।

गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिनअघि मात्र कपिलवस्तुबाट आएका थिए । 

तुलसीपुरमा आएको केही दिनमै आफैँले आफैँलाई किन गोली हाने भन्ने बारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ। 

सहायक हवलदार केसी शवलाई पोष्टमार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ