arrow

फेवातालमा पर्यटकको बढ्दो चहलपहल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
Sequence 09.00_00_43_23.Still017.jpg

कास्की। देशकै पर्यटकीय गन्तव्य पोखरामा नेपाली नयाँवर्षमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन् । नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरुले पोखरामा चहलपहल बढाएको छ ।

आन्तरिक सहित भारतीय पर्यटक समेत उल्लेख्य बढेका छन् । फेवाताल, विन्दवासिनी मन्दिर, पातले छाँगो, बेगनासताल लगायतका यहाँका पर्यटकीय स्थलमा पर्यटकको बाक्लो उपस्थिति छ । 

पर्यटक बढेसँगै पर्यटकीयस्थल फेवातालमा डुङ्गा चढ्नेहरुको घुँइचो लागेको छ । नयाँवर्षमा तालमा डुँगा चढेर तालबाराही मन्दिरको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्र्यटकहरु वृद्धि भएको डुँगा व्यवसायीको भनाई छ ।

पोखरामा भारतीय पर्यटकहरु समेत बढेका छन् । भारतमा यति बेला चर्को गर्मी भए तापनि भारतीय पर्यटक बढेको बताइन्छ ।

तेस्रो मुलुकका पर्यटक समेत बढेका छन् । गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि यहाँको पर्यटन प्रभावित बनेको थियो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै पर्यटन व्यवसायी समेत उत्साहित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ