arrow

कांग्रेस सांसद डा. शर्माको टोली खोटाङमा, निःशुल्क स्वास्थ्य शिविर, केएमसी र गाउँपालिकाबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
dr-sunil-sharma-khotang-dr-team.jpg

खोटाङ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले चिकित्सकको टोली लगेर खोटाङको केपिलासगढी गाउँपालिकाका बिरामीको निः शुल्क उपचार गरेका छन् ।  सयौंको संख्यामा बिरामीहरुले उपचार गरेको डा. शर्माले बताए । 

सो क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई काठमाडौं मेडिकल कलेज (केएमसी) लिमिटेडले निः शुल्क शल्यक्रिया गरिदिने डा. शर्माले बताए । उनले भोलिका दिनमा बिरामीलाई उपचार गर्न सहयोग होस् भनी गाउँपालिकासँग सम्झौता गरेकोसमेत जानकारी दिए । 

सम्झौता पत्रमा केएमसीका तर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रबन्धक नारायणप्रसाद दाहाल तथा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष समिर राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीले हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा कांग्रेस नेता सुवास पोखरेल पनि सहभागी थिए । 

केएमसी र केपिलासगढी गाउँपालिकाबीच भएको सो सम्झौताअनुसार केएमसीले केपिलासगढीको विकट सीमाक्षेत्रमा बसोबास गर्ने असहाय र आर्थिक रुपमा असक्त बिरामीलाई सहुलियतमा गुणस्तरीय स्वास्थ्योपचार गराइने छ । 

सम्झौताअनुसार बिरामीलाई केएमसी अस्पतालले विभिन्न छुटमा उपचार गरिदिने भएको छ । 

डा. शर्माले लामो समयदेखि देशका विभिन्न स्थानमा पुगेर निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ