arrow

कस्तो छ राष्ट्रपति पौडेललाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर राष्ट्रपतिको कार्यालय शीतल निवास फर्किएका छन्  । स्वास्थ्यमा समस्या देखिएपछि उहाँनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका थिए । 

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

यसअघि पेट दुखेर उनी चार दिन अस्पतालमै बसेर उपचार गराएका थिए । उनलाई धपेडी बढेसँगै ग्यासट्राइटिस भएको जनाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ