arrow

फोहरको डंगुर बन्दै सिंहदरबार, सरकारले कुनै पहलकदमी गरेन, महानगरविरुद्ध सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
fohar-फोहर.jpg

काठमाडौं । सिंहदरबारभित्रको फोहर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन् ।

फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहर उठाउनुपर्ने माग गरिएको छ । महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले सिंहदरबारको फोहर नउठाउन निर्देशन दिएका थिए । 

चैत २५ गतेदेखि सिंहदरबारको फोहर उठ्न सकेको छैन । बालेनले सिंहदरबार प्रवेश गर्ने नेताहरुलाई नै फोहर फाल्ने ठाउँमा राख्नुपर्ने भन्दै फोहर नउठाउने तर्क गरेका थिए । 

उनको यो भनाइको चर्को आलोचना भएको छ । यसबाट संघीय सरकार र स्थानीय सरकारबीच तालमेल नभएको स्पष्टै हुन्छ । 

र पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पहल गरेका छैनन् । 

सिंहदरबार भने फोहरको डंगुर बन्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ