- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग : आजको पञ्चाङ्ग मिति २०८० वैशाख ५ गते मंगलबार, इस्वीसंवत अप्रिल १८ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको त्रयोदशी तिथि दिनमा १ः०२ मिनेटसम्म त्यसपश्चात् चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा रातिमा १२ः०५ बजेसम्म त्यसश्चात् रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐंन्द्र ३१ घटि १९ पलासम्म त्यसपछि वैधृति योग लाग्नेछ । करणमा भद्रा ४६ घटि १२ पलासम्म त्यसपछि चतुष्पद करण लाग्नेछ । आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । दिनमान ३२ घटि ६ पला अर्थात १२ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः३९ बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः२९ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ४ः२७ बजे हुनेछ भने चन्द्रअस्त भोलि दिउसो ४ः४२ बजे हुनेछ ।
आजको राशिफल :
मेष : मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौं राशिमा रहेकाले गर्दा समय खराब रहेको छ । आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।
वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौंैं राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। आज शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर नवौं राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ। आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।
कर्कट : कर्कट राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आठौं राशिमा रहेकाले गर्दा समय त्यति अनुकूल रहेको छैन।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपछ ।
सिंह : सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर सातौंंैं राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। आज पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। आज विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर छैटौं राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।
तुला : तुला राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर पाचौं राशिमा रहेकाले गर्दा समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। आज अनावश्यक यात्रा हुन सक्छ। आज पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर चौथोंं राशिमा रहेकाले गर्दा समय खराब रहेको छ। आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।
धनु : धनु राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर तेस्रो राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्न सक्छ। आज परिवारमा रमाइलो हुन सक्छ भने प्रेमीको साथ रमाइलो छोटो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।
मकर : मकर राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दोश्रो राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ । आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।
कुम्भ : कुम्भ राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर बाह्रौं राशिमा रहेकाले गर्दा समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ । कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।
मीन : मीन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आफ्नै राशिमा रहेकाले गर्दा समय राम्रो रहन सक्छ । मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।
साइत :
बिहान ०५ः३६ बजेदेखि ०७ः१३ बजेसम्म रोग बेला बिहान ०७ः१३ बजेदेखि ०८ः५० बजेसम्म उद्धेग बेला बिहान ०८ः५० बजेदेखि १०ः२६ बजेसम्म चर बेला बिहान १०ः२६ बजेदेखि १२ः०३ बजेसम्म लाभ बेला दिनमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म अमृत बेला दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म काल बेला दिनमा ३ः१६ बजेदेखि ४ः५३ बजेसम्म शुभ बेला साँझ ४ः५३ बजेदेखि ६ः२९ बजेसम्म रोग बेला यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय :
दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।