arrow

प्रधानमन्त्रीसहित मन्त्रीहरुको टोलीबाट काठमाडौं–तराई–मधेस द्रूतमार्ग अवलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
kathmandu-terai-madhes-fast-track-prachanda.jpg

काठमाडौं । निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रूतमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिएका थिए । 

हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो ।

काठमाडौंलाई तराई–मधेशसँग जोड्ने सबैभन्दा छोटो दूरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ