arrow

बालेनविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) विरुद्धको रिट सर्वोच्च अदालतको हेर्न नभ्याइने सूचीमा परेको छ ।  सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहर नउठाउने मेयर बालेनको घोषणा गैरकानूनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट आज कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो ।

कार्कीको एकल इजलासमा परेका आजका आठ वटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत विपक्षी बनाइएको छ ।

बालेनले केही दिनअघि घोषणा गर्दै सिंहदरबारका नेताहरुलाई फोहर फाल्ने ठाउँमा राख्नुपर्ने भन्दै फोहर नउठाउने घोषणा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ