arrow

७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ आईएमई अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
7-ma-7-pr.jpg

काठमाडौं । आईएमईले नयाँ वर्षको अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कूल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गरिने छ । उक्त योजना यही बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरुले आईएमई वा आईएमईका साझेदारहरुमार्फत पठाएको रकम आईएमई पे, बैंक डिपोजिट तथा आईएमई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिने आईएमईले जनाएको छ ।

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ