arrow

एकैदिन १५ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
corona-virus-covid-19.jpg

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा चार सय १३ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पाँचजनाको पीसीआर र १० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार २२ जनामा संक्रमण देखिएको थियो । 

हाल संक्रमण पुष्टि भएका अधिकांश भारतबाट फर्किएका रहेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

सुदूरपश्चिममा हालसम्म छ लाख ५५ हजार नौसय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार दुईसय ४५ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण यस प्रदेशमा छसय ३६ जनाको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ