arrow

रुसी र चीनको बोली पछ्याएको ब्राजिलमाथि आरोप लागेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
brazil-usa.jpg

ब्राजिल । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ब्राजिलले युक्रेन सङ्कटको बारेमा "रुसी र चीनको बोली पछ्याएको" आरोप लगाएपछि ब्राजिलका विदेशमन्त्री माउरो भिइराले सोमबार ब्राजिलको विदेश नीतिको अमेरिकी आलोचनालाई खारेज गरेका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियोले राष्ट्रपति निवास अल्भोराडा दरबारमा आयोजित कार्यक्रममा पत्रकारको प्रश्नको जवाफमा दिदै, "म कत्ति पनि सहमत छैन। पटक्कै होइन। मलाई थाहा छैन कि उनी कसरी र किन यो निष्कर्षमा पुगे।"
 
शनिबार पत्रकारहरूसँग कुरा गर्दै लुलाले युक्रेनलाई हतियार दिएर पश्चिमले युद्धलाई प्रोत्साहन गरिरहेको बताएका छन् । "संयुक्त राज्य अमेरिकाले युद्धलाई प्रोत्साहन दिन बन्द गर्नुपर्छ र शान्तिको कुरा गर्न थाल्नुपर्छ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ