arrow

राष्ट्रपति पौडेललाई विमान चार्टर्ड गरेर भारत लगिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बिमार राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिदै छ । पौडेललाई बिहान ९ः३० बजे श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

पौडेलको छातीमा सङ्क्रमण भएको बताइएको छ । सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएसँगै अहिले भारत लैजान लागिएको हो । 

निजी चिकित्सक निरज बमका अनुसार राष्ट्रपति पौडेलले यसअघि पनि शिक्षण अस्पताल र भारतको एम्स अस्पतालमा उपचार गराइरहेकामा एम्सका चिकित्सकको टोलीले राष्ट्रपतिलाई एम्समै ल्याउन भनेसँगै विमान चार्टर्ड गरेर लैजान लागिएको हो । 

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोश भएपछि उनी मंगलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । उनलाई के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ । 

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले अस्पतालमा भर्ना गरिएको बताए । उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ