arrow

आजदेखि राष्ट्रिय भिटामिन 'ए' अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
vitamin-A.jpg

काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन 'ए' अभियान कार्यक्रम सञ्चालन गर्दैैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन 'ए' अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । 

बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन 'ए' र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे ।  

भिटामिन 'ए' क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ ।

भिटामिन 'ए' करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन 'ए' क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । 

सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन 'ए' र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ