arrow

राष्ट्रपति पौडेललाई भारत लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
ramchandra-poudel-india-patient.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बिमार राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ । पौडेललाई श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स)मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछिमंगलबार  त्रीवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । 

पौडेलले यसअघि पनि शिक्षण अस्पताल र भारतको एम्स अस्पतालमा उपचार गराइरहेकामा एम्सका चिकित्सकको टोलीले राष्ट्रपतिलाई एम्समै ल्याउन भनेसँगै विमान चार्टर्ड गरेर भारत लागिएको हो । 

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोश भएपछि उनी मंगलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ