arrow

प्रधानन्यायाधीशमा जुटेन सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
sambedanik-parisad-pm-prachanda-oli.JPG

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठक प्रधानन्यायाधीशमा सहमति बिनै सकिएको हो । 

प्रधानन्यायाधीशमा सहमति नजुटेपछि बैठक सकिएको हो । बैठक करिब आधा घण्टा बसेको थियो ।   बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए । 

 प्रमुख तीन दलबीच ओली निवास बालकोटमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । गत मङ्सिर २७ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की छन् । चोलेन्द्रशमशेर राणा अनिवार्य अवकाशमा गएपछि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन् । 

परिषद्को अर्को बैठक चाडै बस्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ