arrow

संवैधानिक परिषदको बैठक निष्कर्षविहीन, अर्को बैठक अन्योलमा, प्रधानन्यायाधीश नियुक्तिमा अलमल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
sambaidhanik-parisad-2080-01-06.jpg

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ । सो बैठकका बारेमा जानकारी दिँदै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । 

उनका अनुसार अर्को बैठक कहिले बस्छ त्यो पनि टुंगो नभएको उनले जानकारी दिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोगको क्रममा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

कायममुकायम प्रधानन्यायधीश कार्कीलाई नै नियुक्ति गर्ने कि अरुलाई भन्ने बारेमा छलफल भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक संवैधानिक परिषदको बैठक बसेको हो ।  

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख ईन्दिरा राना र उपप्रधान तथा कानून मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ