arrow

कोरोनाका १०८ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसका १०८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षणबाट ५५ तथा १ हजार ६७२ एन्टिजेन परीक्षणबाट ५३ संक्रमित थपिएका हुन् । 

यसअघि मंगलबार मात्रै गत वर्षदेखिकै उच्च १७१ संक्रमित थपिएका थिए । हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३८६ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २१ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

६६ जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउने भने बढेका छन् । बुधबार ४५ हजार ६५२ जनाले खोप लगाएका छन् । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ