arrow

अफगान हवाई आक्रमणमा आफ्नै सुरक्षा अधिकारी मारिए

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
afgan.png.png
काबुल । पश्चिमी अफगानिस्तानमा अफगान वायुबलद्वारा भएको हवाई आक्रमणमा पाँच सैनिक र एक प्रहरी अधिकारीको मृत्यु भएको छ । एक सरकारी अधिकारीले शनिबार उक्त जानकारी दिएका छन् । अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षाबलमाथि बमबारी गरेको बताइएको छ । 
 
अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी आतङ्ककारीसँग झडप र हवाई युद्धमा सहयोग पुर्‍याइरहेका ती सुरक्षा अधिकारीहरू आफ्नै सहकर्मीहरूले गरेको बमबारीमा मारिएका अफगान प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । 
 
गलत निर्देशनका कारण अफगानबलको जाँच चौकीमा दुर्भाग्यबस बमबारी भएको र त्यसमा परी पाँच सैनिक र एक अफगान प्रहरीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ । 
 
यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । गत महिनामा पनि अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी आठ अफगान प्रहरीको मृत्यु भएको थियो । 
 
अफगानिस्तानमा १५ वर्षयतादेखि तालिवानविरुद्ध अफगान र नेटो आबद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा सर्वसाधारण र सैनिक मारिने घटना विवादपूर्ण रहँदै आएको छ । सार्वजनिक र सरकारीस्तरबाट पनि यसको बारम्बार निन्दा हुँदै आएको भए तापनि तर यस्ता घटना दोहोरिने गरेको छ । 
 
काबुलको दक्षिण भागमा पर्ने लोगार प्रान्तमा एक सैनिक जाँचचौकीमा गत जुलाइमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी १० अफगान सैनिकको मृत्यु भएको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ