arrow

जलविद्युतमा लगानी बढाउन महासङ्घ सहजीकरण गर्न तयार : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
chandra-dhakal-enery-summit-nepal.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भवलाई यथार्थमा परिणत गर्न निजी क्षेत्र कोतर्फबाट महासङ्घले सहयोग गर्न तयार रहेको बताएका छन्।

राजधानीमा मङ्गलवार देखी सुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रूपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेका छन्।

“नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ। सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ। हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरू छिमेक मै छन्। त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस्। निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उनले भने।

नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उनले बङ्गलादेशको बजारकालागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताए।

उनले नेपाल सरकार तथा अन्य सरोकारवालाहरूलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ