arrow

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
ramchandra-poudel-india-patient.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बिरामी भएर थप उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेललाई आईसीयूमा राखेर उपचार भइरहेको छ । बिहान थप उपचारका लागि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएका राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार भइरहेको छ । 

राष्ट्रपति पौडेललाई छातीमा समस्या भएपछि मंगलबार त्रीवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । तर उपचाररत चिकित्सकको टोलीले थप उपचारका लागि भारतमा लैजान परिवारलाई सुझाव दिएपछि भारत लगिएको हो । 

पौडेलले यसअघि पनि शिक्षण अस्पताल र भारतको एम्स अस्पतालमा उपचार गराइरहेकामा एम्सका चिकित्सकको टोलीले राष्ट्रपतिलाई एम्समै ल्याउन भनेसँगै विमान चार्टर्ड गरेर भारत लागिएको हो । 

राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमका अनुसार राष्ट्रपतिको नेपालमा भएका सबै परीक्षण पुनः गरिने भएको छ । थप केही परीक्षण गर्ने अनि ती परीक्षणको रिपोर्टको सूक्ष्म अध्ययन गरेर २–३ दिनमा नर्मल क्याबिनमा सारिने छ । 

नेपालमा अपनाइएको उपचार विधि पनि उत्कृष्ट रहेको एम्सका चिकित्सकहरूले भनेको डा बमले जनाएका छन् । 

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनित मिश्रको टोली संलग्न रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ