arrow

बाँकेका १० घर जले

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
fire-final_1618024271.jpeg

बाँके ।  बाँके को राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन् । आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

बुधबार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताए । उनका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ । 

यसैगरी नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ । करिब डेढ दुई घण्टाको फरकमा दुई वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए । 

गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ