arrow

प्रशिक्षणमा रुसी बमवर्षक विमान

logo
सिन्ह्वा,
प्रकाशित २०८० वैशाख ७ बिहिबार
poland-russia-fighter-jet.PNG

मस्को ।  आठ रुसी टीयु-२२एम,३ लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् ।  

रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा  टीयु-२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको  छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा  विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाईका साथ पालन गरेको बताइएको छ । 

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ ।  यो कार्यक्रम "समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने" उद्देश्यले अप्रिल१४ मा शुरू गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ