arrow

बाँकेको नरैनापुरमा भीषण आगलागी, १० घर जलेर नष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
gharjaley.JPG

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् ।

बुधबारसाँझ लागेको आगलागीबाट नरैनापुर गाउँपालिका वडा नम्बर ३ को गेग्लीमा ७ घर र वडा नम्बर ३ कै जनतापुरमा ३ घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको वडा नम्बर ३ का वडा अध्यक्ष अजयकुमार मिश्रले बताए । 

गर्मी समयमा नरैनापुरमा बर्षेनी आगलागी हुने गरेको छ । फुसको छानाका घरहरु उच्च जोखिममा रहने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ