arrow

कोरोनाका १०३ संक्रमित थपिए, परीक्षणको १६ प्रतिशतमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसका १०३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५६ जनाको पीसीआर परीक्षणबाट ७२ तथा १ हजार १८९ एन्टिजेन परीक्षणबाट ३१ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणको १६ प्रतिशतमा संक्रमण भएको हो । 

यसअघि मंगलबार मात्रै गत वर्षदेखिकै उच्च १७१ संक्रमित थपिएका थिए । बुधबार १०८ तथा बिहीबार १०३ संक्रमित पाइएका हुन् । 

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३९७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २६ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

६१ जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या ८ हजार ९५८ रहेका छन् । खोप लगाउने घटेका छन् । 


यो संख्या बुधबार ४५ हजार ६५२ रहेको थियो । 
 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ