arrow

विश्वभरका नेपाली जनसम्पर्क समितिबाट गठबन्धनका उम्मेदवारलाई जिताउन अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
upanirwachan-2080-election.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आइतबार हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन विश्वभरमा नेपाली जनसम्पर्क समितिले आग्रह गरेका छन् । 

अपील सार्वजनिक गर्दैै उनीहरुले गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।

यस्तो छ अपील–

मिति– अप्रिल २०, २०२३ 

उप निर्वाचनका मतदाहरुलाई हार्दिक अपील 

आदरणीय आमाबुवा तथा दाजुभाई र दिदीबहिनीहरु 
जय नेपाल। 
     यही बैशाख १० गते तनहुँ क्षेत्र नम्वर १, चितवन क्षेत्र नम्वर २ र बारा क्षेत्र नम्वर २ मा हुन लागेको उप निर्वाचनको संघारमा छौं।  आजै रातीबाट प्रचार प्रसारको समय अवधि सकिएर मौन अवधि सुरु हुँदैछ। हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं। तर हाम्रो भावना र मन चाहिं राजनीतिक रुपमा यही उप निर्वाचनमा केन्द्रीत छ। हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति मार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं। 
     नेपाली कांग्रेसका संस्थापक नेता,महामानव विश्वेश्वरप्रसाद कोइरालाले भारत निर्वासनमा रहँदा त्यहाँ रहेका कांग्रेसका सदस्य र शुभेच्छुकहरुलाई संगठित गर्दै यो समितिको स्थापना गर्नु भएको हो। जुन संस्था आज आप्रवासनमा रहेका आम नेपालीको सुख,दुस्खको साथी बनेको छ। उता मातृभूमिमा दैवी एवम प्राकृतिक विपत्ति पर्दा हामी राहतका लागि जुटेका छौं भने पार्टीको सबै आव्हान र निर्देशनमा पनि समिति मार्फत हामी सहभागी भैरहेका छौं। 
यही बैशाख १० गते हुन लागेको उप निर्वाचनलाई देशबाहिर रहेर पनि हामीले निकै महत्व र चासोका साथ हेरिरहेका छौं।  आसन्न उप निर्वाचनमा हामीले आफ्ना परिवारजन,इष्टमित्र,साथीभाई र शुभेच्छुकहरुमार्फत हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरुका पक्षमा मत मागिरहेका छौं। 
हामी स्मरण गराउन चाहन्छौं कि मातृभूमि नेपालको सबै राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले नै गरेको छ। अनि कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग नेपाली कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले आफ्नो स्थापनाकालमा नै आफ्नो संविधान आफैं लेख्ने,आफ्नो प्रतिनिधि आफैं चुन्न पाउनुपर्ने नीति घोषित रुपमा नै सार्वजनिक गरेको हो। जसले १०४ वर्षको राणा शासन, ३० वर्षको निरङ्कुश पंचायती शासन र राजाको प्रत्यक्ष शासनको समेत अन्त गराउने आन्दोलनको नेतृत्व सफलतापूर्वक पुरा गरेको छ। यसर्थ कांग्रेसको राजनीतिक इतिहास गौरवपूर्ण रहेको छ र हामी नेपाली कांग्रेसको सदस्य हुनुमा गर्व गर्छौं। 
   नेपाली कांग्रेस वर्तमान सत्तारुढ गठबन्धनको प्रमूख दलको रुपमा सरकारमा छ। उप निर्वाचनमा पनि हामी तनहुँ र चितवनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका साथ मैदानमा छौं। तनहुँ १ मा हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई मैदानमा हुनुहुन्छ। जसलाई तनहुँले आफ्नो धर्तीपुत्रको रुपमा माया गरेको छ र उहाँले पनि तनहुँका आम जनताको सुख,दुस्खको साथी बनेर जिल्लाको विकास र सम्मृद्धिका लागि इमान्दारीपूर्वक अनवरत सेवा गर्दै आउनु भएको छ। 
उता चितवन २ मा पार्टीको जिल्ला सभापति भएर संगठनमा योगदान गर्नु भएका युवा जोश र चितवनको माटोमा भिजेका जुझारु जितनारायण श्रेष्ठ नेपाली कांग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्ह बोकेर उप निर्वाचनको यो मैदानमा हुनुहुन्छ। यसैगरी बारा २ मा गठबन्धनका तर्फबाट उपेन्द्र यादव साझा उम्मेदवार हुनुहुन्छ। 
   हामी भूगोलबाट जति धेरै टाढा भएपनि भावनामा संधैं नेपालमै छौं र हामी नेपालको समुन्नति र सम्मृद्धिको लागि योगदान गर्न सधैं तयार छौं। विकास,सम्मृद्धि र समुन्नतिका लागि हाम्रो पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरुले जित्नु आवश्यक छ भन्नेमा प्रष्ट छौं।  हामी काममा विश्वास गर्छौं र गर्वका साथ भन्न सक्छौं सम्मृद्धिको चाहनालाई नेपाली कांग्रेसको नेतृत्वले मात्र पुरा गर्न सक्छ। 
तसर्थ विश्वभरका जनसम्पर्क समितिहरुको तर्फबाट हामी उप निर्वाचन हुँदै गरेको तनहुँ १ मा गोविन्द भट्टराई,चितवन २ मा जितनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवलाई मतदान गरी अत्यधिक बहुमतका साथ  विजयी गराउनु हुन सम्बन्धित सबै मतदाताहरुसमक्ष हार्दिक अपीलसहित विनम्र अनुरोध गर्दछौं। 
 जय नेपाल 
विश्वभरका नेपाली जन सम्पर्क समितिको तर्फबाट 
       
१, आनन्द विष्ट –  सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस 
२, बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस 
३, सुरेशसिंह गुरुङ –  सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४, अंकित ओली –  सभापति, नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड   
५, पदम सुन्दर गुरुङ –  सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन                  
६, पूर्ण तिमल्सिना –  सभापति, नेपाली जनसम्पर्क समिति, बहराईन
७, बुद्धिप्रकाश ओली –  सभापति, नेपाली जनसम्पर्क समिति,क्यानाडा 
८, पुष्पा मिश्र –  सभापति,नेपाली जनसम्पर्क समिति,साईप्रस        
 ९, यादव बस्नेत –  सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क
 १०, सुधिर राना –  सभापति, नेपाली जनसम्पर्क समिति,फ्रान्स                                                   
  ११, शिखर खड्का –  सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
 १२, काजीकुमार गुरुङ –  सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ 
 १३, दिपिका भुसाल –  सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल
 १४, राजन चापागाईं –  सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली 
१५, रोशन केसी –  सभापति,नेपाली जनसम्पर्क समिति, जापान   
 १६, राजेन्द्र रसाईली –  सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत 
 १७, कुमार पौडेल –  सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग                                     
 १८, चण्डीप्रसाद योङया –  सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ 
 १९, चोलाकान्त पंगेनी –  सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया                             
२०, सालिक गौतम –  सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२१, बुद्धिसागर घिमिरे –  सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड                          
२२, जीतेन्द्र शाही –  सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे 
२३, शालीकराम चापागाईँ –  सभापति,नेपाली जनसम्पर्क समिति, ओमान                             
 २४, भिम परियार –  सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड 
 २५, वकिल केसी – सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल                                        
 २६, मोहम्मद अजिज अली –  सभापति,नेपाली जनसम्पर्क समिति, कतार 
 २७, भजिन्द्र क्षेत्रि –  सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया                              
 २८, सन्तोष श्रेष्ठ –  सभापति,नेपाली जनसम्पर्क समिति,  स्पेन 
 २९, नबिन थपलिया –  सभापति,नेपाली जनसम्पर्क समिति,स्वीडेन                                   
 ३०, भुवानी प्रसाद तिम्सिना –  सभापति,नेपाली जनसम्पर्क समिति, युएई 
 ३१, युवराज गुरुङ –  सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत                                               
  ३२, जीवन जंग कुवँर –  सभापति,नेपाली जनसम्पर्क समिति,अष्ट्रिया                                       
 ३३, सन्देश केसी –  सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा                                      
  ३४, सभापति चीन                                                                            
  ३५, सभापति फिनल्याण्ड



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ