arrow

सुधारोन्मुख हुँदै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
ramchandra-poudel-india-patient.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन् । 

छातीमा संक्रमण भएपछि उनी गत मंगलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार एयर एम्बुलेन्समार्फत उनलाई भारत लगिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ