arrow

त्रीवीको परीक्षा सार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
TU-Building-300x240.jpg.jpeg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रीवी) परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

उनले त्रीवी केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए । उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो । 

वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ । वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ