arrow

बढुवा भएका १३ डीआईजीलाई दर्ज्यानी चिह्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
dig-police.jpg

काठमाडौं ।  नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले दर्ज्यानी चिह्न पाएका छन्  ।

गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका १३ डीआईजीलाई बिहीबार दर्ज्यानी चिह्न दिइएको हो । उनहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृह मन्त्रालयलगायत नेतृत्व तह प्रहरी सङ्गठनलाई सुधार, सुदृढीकरण र सबलीकरण गर्न प्रतिबद्ध रहेकाले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानून, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म सङ्गठनको श्रीवृद्धिमा समर्पित हुने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ