arrow

दिउँसो घरबाट बाहिर ननिस्कन मन्त्रालयको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
health-ministry.png

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिउँसो घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।   तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न मन्त्रालयले यस्तो आग्रह गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गरेका छन् ।  

मन्त्रालयले  दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ । 

यस्तै, चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेय पदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयले आग्रह गरेको छ । 

तातो हावा वा तथा लुले हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता समस्या देखापर्दछन् । 

यस्तै, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ