arrow

युरोपा लिगको सेमिफाइनल समीकरण पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
sevilla-manchester-united-2023.jpg

काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । इटालियन क्लबहरु एएस रोमा र युभेन्टस तथा स्पेनिश क्लब सेभिया र जर्मन क्लब बायर लिभरकुजेन सेमिफाइनलमा पुगेका छन् । 

सेमिफाइनलमा युभेन्टसले सेभियासँग र रोमाले बायर लिभरकुजेनसँग मे १२ तारिखको बिहान खेल्नेछन् । 

क्वार्टरफाइनलमा रोमाले फेयनुर्डलाई तथा लिभरकुजेनलले सेन्ट गिलोजलाई हरायो । त्यस्तै युभेन्टसले स्पोर्टिङ एसपीलाई र सेभियाले म्यानचेस्टर युनाइटेडलाई हरायो । 

युभेन्टस–स्पोर्टिङ
बिहीबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स सेमिफाइनल पुगेको हो 

पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । दोस्रो लेगमा भने युभेन्ट्सले अग्रता जोगाउन सकेन । 

खेलको नवौं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा मार्कुस एड्वार्ड्सले पेनाल्टीमार्फत गोल गर्दै स्पोर्टिङ्लाई १–१ गोलको बराबरीमा ल्याए ।

सेभिया–म्यानयू
बिहीबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा म्यानयूलाई ३–० गोल अन्तरले हराउँदै समग्रमा ५–२ को जित निकाल्दै सेभिया अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा दुर्वै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगमा सेभियाले एकतर्फी जित निकाल्यो ।

खेलको आठौं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै सेभियालाई शुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा लोइक बाडेले गोल गर्दा सेभिया २–० ले अघि रह्यो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा नेसरीले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई ३–० को जित दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ