arrow

कोरोनाबाट एकको मृत्यु, १०६ संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
nepal-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ पुगेको छ । 

१०६ नयाँ संक्रमित थपिएका छन् । ५८१ जनाको पीसीआर परीक्षणबाट ६४ तथा १ हजार ३०२ जनाको एन्टिजेन परीक्षणबाट ४२ संक्रमित थपिएका हुन् । 

यसअघि मंगलबार मात्रै गत वर्षदेखिकै उच्च १७१ संक्रमित थपिएका थिए । बुधबार १०८ तथा बिहीबार १०३ संक्रमित पाइएका हुन् । 

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट बढेर ४१४ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २५ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा वीर अस्पतालको एचडीयूमा १० जना आईसीयूमा ३ जना तथा भेन्टिलेटरमा २ जना रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ जना आईसीयूमा तथा १ जना भेन्टिलेटरमा रहेका छन् । ग्रान्डी अस्पताचलमा १ जना एचडीयूमा र १ जना आईसीयूमा रहेका छन् । उपत्यका बाहिरको विवरण भने मन्त्रालयले दिएको छैन । 

४६ जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या ३५ हजार ९७ रहेका छन् । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ