arrow

कोरोनाले बाँकेमा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
corona-virus-covid-19.jpg

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको  थियो । उनलाई यही बैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ