arrow

के सरकारले आइतबार ईदको सार्वजनिक बिदा दिएको हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको अवस्थामा आइतबार बिदा दिने या नदिने बारेमा स्पष्ट पार्न विज्ञप्ति नै सार्वजनिक गरेको छ । 

मन्त्रालयलाई मुस्लिम आयोगले ईद मनाउने निर्णयलाई आधार बनाएर बैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने र ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३० औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम बिदा दिनका लागि आग्रह गरेको थियो । 

शुक्रबार साँझ चन्द्रमा देखिएसँगै ९ गते शनिबार सार्वजनिक बिदाको दिन नै ईद परेको भन्दै शनिबार नै ईदको बिदा परेको जनाएको छ । 

यसबाट आइतबार सार्वजनिक नभएको मन्त्रालयले स्पष्ट पारेको छ । 

यस्तो छ मन्त्रालयको विज्ञप्ति–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ