arrow

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
ramchandra-poudel-india-patient.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार भएको छ। भारतको राजधानी नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो । 

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यस सम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। छातीमा संक्रमण फैलिएपछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । 

उनी बुधबारदेखि त्यहाँ उपचाररत रहेका छन् ।  स्वास्थ्यमा सुधार आए पनि उपचारपछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ