arrow

रोगी भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पटक पटक सञ्चार उपकरणमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
tribhuvan-international-airport-2079-08-04.jpg
तस्बिर – फाइल ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रोगी भएको छ । अहिलेको प्रविधिको जमानामा विमानस्थल भने प्रविधिको सही प्रयोग गर्न नसकेर रोगी भएको हो ।

आइतबार दिउँसो पनि सञ्चार उपकरणमा समस्याका आएसँगै उडान प्रभावित भएको छ । यो समस्या पछिल्लो समय लगातार देखिँदा पनि समाधान भने निस्केको छैन । 

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान प्रभावित भएका छन् । 

सञ्चारमा समस्या भएसँगै आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भए पनि उडानमा भने अनुमति दिइएको छैन । 

गन्तव्यमा पुग्नुपर्ने यात्रु पनि अलपत्र परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ