arrow

मतदानको समय सकियो, आजै मतगणना थालिने, तीन दिनभित्रै परिणाम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
by-election-voting-bara-2080.jpg

काठमाडौं । उपनिर्वाचन अन्तर्गत आज भएको मतदानको समय सकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा भएको मतदानमा केही ठाउँमा लाइनमा लागेकाहरुले मत दिइरहेका छन् । 

मतदान सकिएपछि मत संकलन गरेर आजैदेखि मतगणना थालिने भएको छ । निर्वाचन आयोगले मतपरिणाम जतिसक्यो छिटो आउने जनाएको छ । आयोगले बढीमा तीन दिनभित्र परिणाम आउने समेत जनाएको छ । 

चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।

तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् । 

बारा–२ मा १ लाख ५ हजार ११ मतदाता रहेका छन् । दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

मतगणना कहाँ ?
चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ । 

तनहुँ–१ को मतगणना जिल्ला समन्वय समितिको कोठामा हुनेछ । त्यहाँ पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ । 

बारा–२ को मतगणना कलैयास्थित शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ पनि तारजालीसहितको व्यवस्था मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ