arrow

मतदान सकियो, कहाँ कति मत खस्यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
by-election-voting--2080-bara.jpg

काठमाडौं । उपनिर्वाचन अन्तर्गत तीन क्षेत्रको मतदान सकिएको छ । तनहुँ १, चितवन २ र बारा २ को मतदान भएको हो । सबैभन्दा बढी मत चितवनमा खसेको छ । निर्वाचन आयोगले दिएको प्रारम्भिक अनुमानअनुसार चितवनमा ५९ प्रतिशत मत खसेको छ । 

त्यस्तै तनहुँमा मात्रै ५१ प्रतिशत मत खसेको छ । बारा २ मा ५८ प्रतिशत मात्रै मत खसेको आियोगले जनाएको छ । 

मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मात्र तोकिएको थियो ।

अपेक्षा गरेभन्दा कम मत खसेको हो । गत मंसिरमा भएको निर्वाचनमा भन्दा अहिले कम मत खसेको हो । 

अहिले मतपेटिका संकलन गर्ने क्रम चलिरहेको आयोगले जनाएको छ । मतपेटिका संकलन गरी निश्चित स्थानमा पुर्याएपछि सर्वदलीय बैठक बसेर मतगणना गरिनेसमेत जनाइएको छ । 

मतगणना कहाँ ?
चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ । त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ । 

तनहुँ–१ को मतगणना जिल्ला समन्वय समितिको कोठामा हुनेछ । त्यहाँ पनि तारजाली र सीसी क्यामरा जडान गरिएको छ । 

बारा–२ को मतगणना कलैयास्थित शैक्षिक तालिम केन्द्रमा हुनेछ । त्यहाँ पनि तारजालीसहितको व्यवस्था मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ