रवि लामिछाने र प्रजीअविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै कांग्रेसको उजुरी
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
783
Shares
तस्बिर – फाइल ।
चितवन । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारी (प्रजीअ) ले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी गरेको छ ।
कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले चितवनका प्रजीअ र रास्वपाका सभापति रवि लामिछानेको विरुद्धमा उजुरी दिएका हुन् ।
निर्वाचन प्रक्रिया शुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजीअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण मावी भोजाडस्थित मतदानस्थलमा असहजस्थिति बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो ।