arrow

कीर्तिपुर मैदानको एकै खेलमा ७४१ रन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
acc-arvind-waseem.jpg

काठमाडौं । राजधानीको कीर्तिपुर मैदानको एकै खेलमा ७४१ रन बनेको छ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आइतबार भएको यूएई र सिंगापुर बीचको खेलमा ७४१ रन बनेको हो । यो कीर्तिपुर मैदानको कीर्तिमानी रन हो । 

खेलमा पहिले ब्याटिङ गरेको यूएईले कीर्तिमानी ४७१ रन बनायो । भृत्य अरभिन्दले १३३ बलमा १७४ रन बनाए । कप्तान मुहम्मद वासिमले ८२ बलमा १६ छक्का र ९ चौकाको मद्धतले १६० रन बनाए । सिंगापुरका अद्धित्य भार्गभले ४ तथा रमेश कालिमुथूले ३ विकेट लिए । 

जवाफमा सिंगापुरले ९ विकेटको क्षतिमा २७० रन बनायो । मनप्रित सिंहले ६६ तथा थिलिपन ओमाइदुराईले ५२ रन बनाए । 

ओमान–मलेसियाको खेल
मूलपानी मैदानमा भएको खेलमा ओमानले मलेसियालाई ८ विकेटले हरायो । पहिले ब्याटिङ गरेमो मलेसियाले ९ विकेटको क्षतिमा २२७ रन बनायो । विरनदिप सिंहले ९४ रन बनाए । जिसम मसुदले ४ विकेट लिए ।

जवाफमा ओमानले ४१.४ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । जतिन्दर सिंहले १११ बलमा अविजित रहँदै १०१ रन बनाए । कप्तान जिशन मसुदले अविजित रहँदै ५२ रन बनाए । 

अंक तालिका 
१० टोली सहमति प्रतियोगितामा दुई समूह बनाएर खेलाइएको छ । समूह ए मा २ खेलबाट ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदी अरेबियाको २–२ अंक छ भने कतार अंकविहीन छ । 

समूह बी मा हङकङ र यूएईको समान ४ अंक छ भने बहराइन र कुवेतको समान २–२ अंक छ । सिंगापुर अंकविहीन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ