arrow

गोविन्दभन्दा दोब्बर बढी मतान्तरले स्वर्णिम अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
upamayor-election-tanahu 2.jpg

काठमाडौं । डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडी रहेका छन् । बिहान ६ बजेको मत परिणाम अनुसार वाग्ले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा दोब्बर बढी मतान्तरले अगाडी रहेका हुन् । 

आइतबार भएको तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन् । 

गए राति ११:४५ बजेदेखि मतगणना शुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सबैभन्दा अगाडि छन् । कांग्रेस भट्टराईले दुई हजार ३ सय ५१ मत पाएका छन् भने एमालेका सर्वेन्द्र खनालले एक हजार ५१९ मत पाएका छन्  ।  आँबुखैरेनी–१, आँबुखैरेनी–२, भानु–१०, भानु–८, भानु–३, भानु–७ र को नौ हजार दुई सय ५७ मतगणना सम्पन्न भएको छ । 

आँबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका स्वर्णिमले एक हजार ६५, कांग्रेसका गोविन्दले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन् ।  आँबुखैरेनी-२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका स्वर्णिमले आठ सय ८१, कांग्रेसका गोविन्दले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गरेका छन् । 

भानु-३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका स्वर्णिमले सात सय १६, कांग्रेसका गोविन्दले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गरेका छन् ।  भानु-७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका स्वर्णिमले छ सय ५५, कांग्रेसका गोविन्दले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत प्राप्त गरेका छन् । 

भानु-८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका गोविन्दले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन् ।  भानु-१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका स्वर्णिमले आठ सय ४६, कांग्रेसका गोविन्दले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत प्राप्त गरेका छन् । 

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ