arrow

स्वर्णिमको ५९ सय पुग्दा गोविन्द र सर्वेन्द्रको कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
upamayor-election-tanahu 2.jpg

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा हिजो सम्पन्न मतदानपछिको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले अगाडी रहेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले पाँच हजार ९ सय मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दोब्बर बढी मतान्तरले पछाडि रहेका छन् । 

कांग्रेस भट्टराईले दुई हजार ६ सय ८७ मत पाएका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा वाग्ले भट्टराईभन्दा ३ हजार २ सय १३ मतले अगाडि रहेका छन् । 

त्यस्तै एमालेका सर्वेन्द्र खनालले एक हजार ६५७ मत पाएका छन्  । 

तनहुँ १ को ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ