arrow

चार हजार बढी मतले स्वर्णिम अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
swarnim-wagle-2079.jpg

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाम प्राप्त भएको छ । 

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले ७ हजार २ सय ९३ मतका साथ पहिलो स्थानमा छन् । 

उनलाई ३ हजार २ सय ३४ मतका साथ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछ्याइरहेका छन् । दुवैबीचको मतान्तर दोब्बर भन्दा बढी रहेको छ ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा वाग्ले भट्टराईभन्दा ४ हजार ५९ मतले अगाडि रहेका छन् । 

यता एमालेका सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत पाएका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ